बागलुङमा एक व्यक्ति मृत फेला

Share:

बागलुङ। बागलुङमा सोमबार एक व्यक्ति मृत फेला परेका छन् । ढोरपाटन नगरपालिका २ सिमलचोर बस्ने बुद्ध बहादुर खत्री मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

४२ वर्षीय खत्री आज बिहान घरमा नभएका र खोजतलास गर्दा ढोरपाटन नगरपालिका २ मा रहेको निसीभुजि खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो।

खत्री छारे रोगको बिरामी रहेको र मानसिक सन्तुलन समेत ठिक नभएको बुझिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: