सरकारले प्रदेश प्रमुख सिफारिस गर्‍यो, गण्डकीमा अमिक शेरचन

2436
0
Share:

काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयअनुसार राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषदले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश, विष्णु प्रसाईं प्रदेश ३ को प्रमुखमा सिफारिस गरेको हो। त्यस्तै गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको हो।

यसअघि सोमबार नै बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि नाम सिफारिस गरे पनि प्रदेश भने तोकेको थिएन ।

सात जना प्रदेश प्रमुख नियुक्तिसम्बन्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको निर्णयमा बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् ।

आफूले सिफारिस गरेका कुनै पनि व्यक्तिको नाम नपरेपछि उनले पार्टी निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

– अद्यावधिक गरिएकाे ।

(यसअघि प्रकाशित समाचारमा गण्डकी प्रदेश र प्रदेश १ प्रमुखका नाम फरक पर्न गएकाेमा क्षमायाचना गर्दै सच्याइएकाे छ । : संं.)

कमेन्ट गर्नुहोस्
Share: