
काठमाडौं । सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) बिहान राष्ट्रपति कार्यालयमा सातै प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।
मन्त्रिपरिषद्को सिफारिशमा गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश १ मा सोमनाथ अधिकारी ’प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त लाई राष्ट्रपति भण्डारीले हिजो नियुक्त गरेकी हुन्।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो ।
