दाङ पुगेर प्रचण्डले भने – सरकारको नेतृत्व आधा-आधा गर्ने कुरा इतिहास भइसक्यो

383
0
Share:

घोराही । नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आधा-आधा समय सरकारको नेतृत्व लिने कुरा इतिहास भइसकेको बताएका छन्।

प्रेस सेन्टर,दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले पाँच वर्षसम्म यही सरकार स्थायी रूपमा चल्ने बताए। त्यसैगरी अध्यक्ष दाहालले हालै भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलाई भारतभित्र समेटिएको कुरामा सरकारको ध्यान गएको बताए।

उनले भारत भ्रमणका समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिपुलेकका बारेमा कुरा गरेको उल्लेख गर्दै ‘यो सच्चिनुपर्ने’ बताएको उल्लेख गरे। उनले यसलाई कुटनीतिकरूपमा हल गर्नुपर्ने भनाइ राखेका थिए। ‘प्रचण्ड’ले प्रदेश ५ को राजधानी दाङ हुनसक्ने सम्भावना रहेको बताए।

अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी छ । यही कुरालाई मध्यनजर गर्दै प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने ठहर गर्दै दाङलाई नै प्रदेश ५ को राजधानी बना पहल गर्ने तयारीमा छौँ ।’ प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिलाई लिएर अनेक क्रिया–प्रतिक्रिया उब्जिरहेका बेला अध्यक्ष प्रचण्डले यसलाई स्वभाविक प्रक्रिया भएको टिप्पणी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: