कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

Share:

पोखरा । कास्की क्षेत्र नम्बर–२ मा आगामी मंसिर १४ गते प्रतिनिधि सभा सिटका लागि उपनिर्वाचन हुँदैछ । तत्कालीन पर्यटन मन्त्री समेत रहेका कास्की– २ का सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

कतिपय दलले चुनावी प्रचार थालिसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन । कांग्रेसबाट अहिले चर्चित युवा नेता धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको खण्डन गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत बुधबार मध्यान्ह शर्माले धनराज गुरुङ आफैंले स्थानीय नेतालाई उम्मेदवार बनाउन सुझाव दिएको उल्लेख गरेका छन् ।

‘धनराज गुरुङको उम्मेदवारी बारे !’ भन्दै विश्वप्रकाशले ट्विटरमा लेखेका छन्–’उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ मा केन्द्रीय सदस्य गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिकरूपमा भइरहेको चर्चा क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँले स्थानीय साथीहरूलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गर्नुभएको छ ! जय नेपाल !’

यो क्षेत्रमा नेकपाले विद्या भट्टराई, साझा पार्टीले रजनी क.सी, राप्रपाले रोम बहादुर भण्डारी, समाजवादी पाटीले धर्मराज गुरुङ र विवेकशील नेपाली दलले जमुना शर्मालाई चुनावी मैदानमा उतारेको छ ।

यो पनि::

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कमेन्ट गर्नुहोस्
Share: