कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

Share:

पोखरा । आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि कास्कीमा अहिले चुनावी सरगर्मी बढ्न थालेको छ । रिक्त रहेको कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि चुनाव हँदैछ ।

गएको वर्ष फागुन १५ गते यही क्षेत्रबाट निर्वाचित भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त छ ।

यही बीचमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ‘जम्बो’ निर्वाचन परिचालन समिति बनाएको छ । पार्टीबाट उम्मेदवार बनेकी विद्या भट्टराईलाई जिताउनका लागि २६ सय ४१ सदस्यीय समिति बनाइएको हो ।

पार्टीको सोमबार बसेको ५ औं पूर्ण बैठकले कास्की जिल्ला ईञ्चार्ज राजकाजी गुरुङ संयोजक रहने गरी निर्वाचन मूल कमाण्ड कमिटि र पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापा संयोजक रहने गरी निर्वाचन परिचालन समिति बनाएको छ ।

सो बैठकले निर्वाचन क्षेत्रअन्तर्गत पर्ने ११ वटै वडामा वडास्तरीय निर्वाचन कमाण्ड टिम बनाएको बैठकमा भएका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै पार्टी प्रदेश सह–ईञ्चार्ज खगराज अधिकारीको संयोजकत्वमा निर्वाचन अनुगमन तथा निर्देशक समिति बनाइएको छ ।

यस्तै पार्टीले कात्तिक २१ गते उपनिर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने र जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने, कार्तिक २३ गते पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलको उपस्थितिमा निर्वाचनसँग सम्बन्धित जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

कात्तिक २४ गते निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने पोखरा महानगरपालिका भित्रका ११ वटै वडामा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरिने भएको छ । पाटीको उम्मेदवार दर्ता गर्न १० हजार नेता÷कार्यकर्तासहितको जुलुस निर्वाचन कार्यालय पुग्ने अध्यक्ष थापाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले निर्वाचनमा प्रचारप्रसारका लागि निर्वाचन आयोगले २५ लाखको खर्च सिमा तोके पनि त्यो बराबरको खर्च नहुने दाबी गरे ।

‘निर्वाचन आयोगले २५ लाखसम्म खर्च गर्न पाउने भनेको छ,’उनले भने, ‘त्यो भन्दा थोरै खर्चमा हामी चुनाव लड्छौँ र पार्टी सदस्यले दिएको सहयोगबाट नै चुनाव लड्ने जानकारी गराउँछु ।’

उनले चुनाव सकिएको १० दिनमा नै सबै खर्च सार्वजनिक गर्ने जानकारी दिए । मंगलबारको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीले गएको चुनावभन्दा ५ हजार बढी मत ल्याउने दोहो¥याए ।

उनले यसअघि १६ असोजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दा पनि ५ हजार मत ल्याउने बताएका थिए । वर्तमान सरकारले जनप्रिय काम गरेको बताउँदै उनले यसपटक गएको चुनावभन्दा ५ हजार बढी मत ल्याउने बताएका हुन् ।

‘गएको चुनावमा ८ हजार ५ सय ४२ मतले जितेका थियौं, अबको चुनावमा त्यसमा ५ हजार मत थपिन्छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेकपाले १३ हजार ५ सय ४२ मतले जित्छ ।’

समाजवादीबाट धर्मराज, विवेकशीलबाट जमुना

कास्की २ को उपनिर्वाचनका लागि समाजवादी पाटीबाट धर्मराज गुरुङ र विवेकशील नेपाली दलबाट जमुना शर्मा उठ्ने भएका छन् ।

सोमबार र मंगलबार पोखरामा बसेको विवेकशील नेपालीको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कास्की बैदाम घर भएकी शर्मा महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन्।

यस्तै समाजवादीबाट उम्मेदवार बनेका गुरुङले ब्रिटिस सेनामा २४ वर्ष र संयुक्त राष्ट्रसंघमा १५ वर्ष बिताएका छन् । कास्की २ मा अन्य पार्टीले पनि उम्मेदवार घोषणा गरेका छन् ।

यो क्षेत्रमा साझा पार्टीले रजनी क.सी, राप्रपाले रोम बहादुर भण्डारीलाई चुनावी मैदानमा उतारेको छ ।

यो पनि::

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कमेन्ट गर्नुहोस्
Share: