गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

Share:

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो पदभार ग्रहण गरेका छन्। आज शेरचनले २ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन्।

उनलाई नेपाली सेनाले सलामी प्रदान गरेको थियो। हिन्दू धर्मअनुसार पूजाआजा गर्दै शेरचनले कार्यालय प्रवेश गरेका थिए। शेरचनले फूलपाती र पाँचसय रुपैयाँ भेटी चढाएर आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए ।

प्रदेश सभाका सांसदहरु, प्रमुख जिल्ला अधिकारी, अरू विशिष्ट सरकारी अधिकारीहरु उनले पदभार ग्रहण गर्ने कार्यक्रममा पुगेका थिए।

कमेन्ट गर्नुहोस्
Share: