
पोखरा । पोखराको राष्ट्रबैंक चोकमा विष्फोट भएको छ । यता मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भनिए पनि उक्त विस्फोट गनपाउडरका कारण भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको प्रारम्भिक जानकारी आएको बताए पनि उक्त विस्फोट बम नभएर गन पाउडरका कारण भएको प्रहरीले बताएको हो ।
बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको पर्यटक बसपार्कमा विस्फोट भएको थियो ।
कमेन्ट गर्नुहोस्

