पूर्र्वमन्त्री तथा व्यवसायी रुप ज्योति पक्राउ

817
0
Share:

काठमाडौं । पूर्वमन्त्री तथा व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँ दिल्लीबाट काठमाडौं ओर्लिएका उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले बिहीबार बेलुकी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

शाही शासनका बेला अर्थराज्यमन्त्री पनि बनेका ज्योतिले जग्गा र हाउजिङमा बनेको घर दिने भन्दै पैसा लिएर ठगी गरेको आरोपसहित विज्ञेन्द्रकृष्ण मल्ललगायतले उजुरी दिएका थिए। ज्योति ग्रुपका प्रमुख रुप ज्योति एक वर्षदेखि प्रहरीको फरार सूचीमा थिए। उनलाई ठगी मुद्दामा प्रहरीले खोजी गरिरहेको थियो।

ललितपुर जिल्ला अदालतले मुद्दाको छिनोफानो नभएसम्म ज्योतीलाई पक्राउ नगर्न आदेश दिएकोमा सर्वोच्च अदालतले बिहीबार उनलाई पक्राउ गर्नबाट रोक्न नमिल्ने फैसला गरेको केही समयपछि नै प्रहरीले पक्राउ गरेको हो ।

ज्योति तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिई शासन चलाएको समयमा अर्थ राज्यमन्त्रीसमेत भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: