
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीवारको तुलनामा शुक्रवार छापावाल सुनमा प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको हो । महासंघका अनुसार, शुक्रवार चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
