
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले ५ जना खेलाडीलाई पाकिसतान सुपर लिगको ड्राफ्टका लागि अन्तर्राीष्ट्रय क्रिकेट परिषद् (आईसीसी) लाई सिफारिस गरेको छ ।
क्यानले शुक्रबार ५ जना खेलाडलाई पीएसएलका लागि सिफासिर गरिएको जानकारी दिएको हो । २०२० को पीएसएलका लागि तीव्र गतिका बलर करण केसी, स्पिनर ललित नारायण राजवंशी, विकेटविपर ब्याट्सम्यान विनोद भण्डारी र अलराउण्डर पवन शरार्फ र आरिफ शेखको नाम क्यानले सिफारिस गरेको हो।
पीएसएलमा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अघिल्लो सिजन खेलेका थिए । जसमा उनले लाहोर कलान्दरबाट पीएसएल खेलेका थिए ।
कमेन्ट गर्नुहोस्
