
काठमाडौं- मलेसियामा एक नेपालीको मृत्यु भएको छ। सप्तरीका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको हो।
मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए ।
अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
