
एजेन्सी – आज बिहानै ५.८ म्याग्निच्युडको भूकम्प गएपछि इरानको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने १२० जना घाइते छन् ।
भूकम्पको केन्द्रविन्दु हाशत्रुद शहरबाट ५७ किलोमिटर पर छ । भूकम्प शुक्रवार बिहान २ः१७ मा गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । भूकम्प १० किलोमिटरमुनिबाट शुरू भएको हो ।
इरान अरबी र युरेसियाली प्लेटबीचको फल्टलाइनमा पर्ने भएकाले त्यहाँ भूकम्पहरू आइरहन्छन् । पोहोर साल आएको भूकम्पमा कम्तीमा ३६१ जनाको मृत्यु भएको थियो ।
सीएनएनबाट
कमेन्ट गर्नुहोस्
