कात्तिक २४ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस

5770
0
Share:

काठमाण्डौ। मुस्लिम आयोगले कात्तिक २४ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ। महुम्मद जयन्तीका अवसरमा कात्तिक २४ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको हो।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर मुस्लिम समुदायका दुई पर्व बक्र इद र मुहम्मद जयन्तीमा विवा घोषणा गर्न सिफारिस गरेका हुन् । यस वर्षको मुहम्मद जयन्ती दिवस कात्तिक २४ गते परेको छ ।

यस सरकारले इद विदालाई राष्ट्रिय सार्वजनिक विदाको रुपमा पुनस्र्था्पित गरेको आयोगले जनाएको छ । मुस्लिम सुमदायसँगको सम्झौतामै इद, बक्र इद र मुहम्मद जयन्तीलाई बिदा घोषणा गरिने भनिएकाले बक्र इद तथा मुहम्मद जयन्तीमा राष्ट्रिय सार्वजनिक बिदा दिन आयोगले सिफारिस गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: