
पोखरा। बिहिबार पोखरामा विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन गण्डक ब्यूरो सदस्य विनोद सोनाम पक्राउ परेका छन् ।
उपनिर्वाचनका लागि बिहीबार मनोनयनदर्ताको समय पोखराको पर्यटक बसपार्कमा विस्फोट भएको थियो। उक्त घटनामा संलग्न रहेको आंशकामा अनुसन्धानका लागि सोनामलाई हिरासतमा राखिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए ।
स्याङ्जा घर भएका उनलाई प्रहरीले पोखरा १६ दीप जोगमणिमार्ग्स्थित डेराकोठाबाट नियन्त्रणमा लिएको थियो ।
यो पनि:
पोखराको राष्ट्रबैंक चोकमा बम विष्फोट
कमेन्ट गर्नुहोस्
