बंगलादेशी राष्ट्रपति हमिद मंगलबार नेपाल आउने, पोखराको भ्रमण गर्ने

Share:

पोखरा। बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने राजकीय भ्रमणमा मंगलबार नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा कातिक २६ नेपाल आउने राष्ट्रपति हमिदले पोखराको समेत भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति मार्फत बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको हो । राष्ट्रपति हमिद नेपाल आउँदा राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नेछिन् । यस्तै उनले राष्ट्रपति हमिदको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्ने बताइएको छ ।

पहिलो पटक नेपाल आउन लागेका राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ ।

हमिद काठमाडौँपछि कात्तिक २८ गते पोखरा आउनेछन् । उनीलाई सेनाको हेलिकप्टरमा राखेर पोखरा ल्याउने तयारी छ। उनलाई फेवातालमा बोटिङ गराउने तयारी भएको स्रोतले जनाएको छ । हमिद सन् २०१३ मा पहिलो पटक र सन् २०१८ मा दोस्रो पटक निर्वाचित भएका हुन् ।

यो पनि:

बंगलादेशी राष्ट्रपति हमिद नेपाल आउने, फेवातालमा बोटिङ गर्ने

कमेन्ट गर्नुहोस्
Share: