सुदूरपश्चिमका मन्त्री रावलद्वारा पदबाट राजीनामा

659
0
Share:

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश बहादुर रावलले राजीनामा दिएका छन् । ठगीको आरोप लागेका रावलले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

राज्यमन्त्री रावलमाथि कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति क्याम्पसको शेयर बिक्री प्रकरणमा ठगी गरेको आरोप लागेको थियो । रावलविरुद्ध उनकै पार्टीका स्थानीय नेतासहितका १० जनाले ठगीको उजुरी दिएका थिए ।

रावलसहित ३६ जनाविरुद्धको उजुरीमा प्रहरीले करिब १ वर्ष लगाएर अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले गत भदौमा रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा अभियोग पत्र दायर गरेको थियो ।

भदौमा मुद्दा दर्ता भएपनि रावल भने कात्तिक ६ गते मात्रै अदालतमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएकै दिन रावलको बयान लिइएको थियो । सोही दिन बयान सकिएर थुनछेक आदेश समेत जारी भएको थियो । जिल्ला न्यायाधीश गोपाल वास्तोलाको इजलाशले रावललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: