समय अभावले फिर्ता भएन बाग्लुङमा शेरमानको बागी उम्मेदवारी

Share:

बाग्लुङ। प्रदेशसभा सदस्यका लागि बाग्लुङ २ ‘ख’ मा हुने उपचुनावमा नेकपा र राजमोका संयुक्त उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीले आफ्नो उम्मेदवारी फिर्ता लिन पाएका छैनन् । समयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय नपुग्दा उनि त्यहाँबाट फर्किएका छन्।

उनलाई बागलुङको बुर्तिबाङको होटल दरबारबाट हेलिकोप्टरमा राखेर मुख्यनिर्वाचन अधिकृतको कार्यालय ल्याए पनि उनले उम्मेदवारी फिर्ता लिन पाएनन् ।

उनी रहेको बुर्तिवाङबाट सदरमुकाम आइपुग्न बसबाट झन्डै तीन घन्टा लाग्ने हुँदा समयअभावका कारण हेलिकोप्टर प्रयोग गरिएको नेकपा बागलुङ जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाले बताए। तर समयमै उम्मेदवार कार्यालयमा उपस्थित हुन नसक्दा उम्मेदवारी फिर्ता हुन नसकेको हो।

कमेन्ट गर्नुहोस्
Share: