
पोखरा । मनोहर युवा क्लबले मेरो नेपाल युवा क्लबले आयोजना गरेको खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगितामा क्लबको तर्फबाट सहभागी खेलाडीहरुलाई शनिवार सम्मान गरेको छ । क्लबले मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचौ संस्करणको प्रतियोगिताको उपाधि हात पार्न सफल भएको उपलक्ष्यमा खेलाडीहरुलाई सम्मान गर्नुका साथै वनभोज कार्यक्रमको आयोजना गरेको हो ।
मनोहर युवा क्लबका अध्यक्ष रामजी जि.सी.ले क्लबको तर्फबाट सहभागी भई खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरी खेलमा उपाधि हात पार्न सफल भएको हुँदा खेलाडीहरुलाई हौंसला बढाउन र मित्रवत व्यववहार कायम गर्नका लागि सम्मान एवं वनभोजको आयोजना गरेको बताउँदै खेलमा सहभागी खेलाडीहरु र सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा वडा नं. १४ का अध्यक्ष प्रेमबहादुर कार्की, क्लबका वरिष्ठ सल्लाहकार जेवी कुँवर, सल्लाहकारहरु ललितबहादुर बानियाँ, बोधराज कार्की, गोकर्ण कार्की, रेशम जि.सी., रामचन्द्र के.सी., इन्द्रामाया बानिया, कानुनी सल्लाहकार उत्तम के.सी., मनकामना मन्दिरका अध्यक्ष बासुदेव बानियाँ, क्लबका उपाध्यक्ष दीपेन्द्र के.सी., कोषाध्यक्ष शैलेष बानियाँ, खेल संयोजक मिलन के.सी., आर्थिक संयोजक महेश बानियाँ लगायतले खेलाडीहरुलाई प्रमाणपत्र, खादा, माला र अविर लगाई सम्मान गरेका थिए ।
क्लबको तर्फबाट खेलमा सहभागी हुने खेलाडीहरु टिम क्याप्टेन उत्तम गुरुङ, जीवन गुरुङ, हेमन गुरुङ, मनबहादुर तामाङ, राम कार्की लगायतलाई सम्मान गरिएको थियो । क्लबका अध्यक्ष रामजी जि.सी.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रविकिरण पराजुलीले गरेका थिए ।
