नेकपा सचिवालय बैठक आज बस्दै

297
0
Share:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) बस्दै छ। पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको हो ।

बिहान ९ः०० बजे बस्ने सचिवालय बैठकमा सरकार र पार्टीको कामका विषयमा समेत समीक्षा हुने बताइएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै सार्वजनिक कार्यक्रममा कात्तिक २५ मा पार्टी एकता टुंगोमा पुग्ने बताइसकेका छन्। आजको बैठकबाट निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन हुने बताइएको छ।

बैठकमा सरकारका मन्त्रीहरू हेरफेका विषयमा पनि छलफल हुने सम्भावना छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सदस्यहरूलाई यसअघि नै राजीनामा गर्न लगाएको र मन्त्रीहरूको कामप्रति पनि असन्तुष्ट रहेकाले मन्त्रीमण्डल फेरफेरको सम्भावना रहेको उच्चस्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: