भलिबल च्याम्पियनसीपः नेपाल घरेलु टोली बंगलादेशसँग खेल्दै

Share:

काठमाडौं । बंगलादेशमा जारी एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसीप आज (मंगलबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेल जितेर उपाधि होडमा बलियो देखिएको नेपाली टिमलाई घरेलु टोलीले परिक्षा लिनेछ ।

नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रा खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । बंगलादेशलाई हराउँदै नेपाल फाईनल नजिक पुग्ने लक्ष्यमा हुनेछ ।

नेपालले लिग चरणको अन्तिम खेलमा भोली (बुधबार) माल्दिभ्ससंग खेल्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको च्याम्पियनसीपमा शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामानेपालसहित किर्गिजस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागि छन्।

कमेन्ट गर्नुहोस्
Share: