
गौर– रौतहटमा एक प्रहारी चौकीमा विस्फोट भएको छ। रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विस्फोट भएको हो । विस्फोटमा परि १ जना प्रहरी जवान घाइते भएका छन् । घाइते बारे प्रहरीले कुनै जानकारी सार्वजनिक गरेको छैन।
मठिया प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी कर्मचारीका अनुसार मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो । प्रहरीले बम विस्फोट पछि १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
कमेन्ट गर्नुहोस्
