माग पुरा नहुँदै तोडे डा.केसीले अनसन

821
0
Share:

पोखरा। डा गोविन्द केसीले मंगलबार अनसन तोडेका छन्। डडेल्धुरामा अनसनरत डा केसीले लिपुलेकको विषयलाई समर्थन गर्दै ९ दिनदेखि जारी राखेको अनसन तोडेका हुन्। डा केसीले ४ वर्षकी बालिकाको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

डा केसीले लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको विषयले स्तब्ध भएको उल्लेख गर्दै तत्काललाई अनसन स्थगित गरेका हुन्।

उनले भने, ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।’

कमेन्ट गर्नुहोस्
Share: