अत्यधिक रक्तचापले म्याग्दीमा सुत्केरीको मृत्यु

Share:

म्याग्दी । प्रसूतिपछि अत्यधिक रक्तचापका कारण म्याग्दीमा एक सुत्केरीको मृत्यु भएको छ । धौलागिरि गाउँपालिका–२ ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताए ।

विकले जन्माएको छोराको अवस्था भने सामान्य छ । विकले सोमवार राति लुलाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन् । मंगलवार बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रुपमा बेहोस भएपछि आफन्तले स्वास्थ्य चौकीमा लगेका थिए ।

हेलिकप्टरबाट पोखरा ल्याउने तयारी गर्दैगर्दा उनको मृत्यु भएको वडाध्यक्ष विकले बताए । धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएका थिए ।

पोखराबाट हेलिकप्टर उड्ने तयारीमा रहेका बेला सुत्केरीको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: