काठमाण्डौं पुगेर पोखराका मेयरले भने- पूर्वाधारका काम मंसिर १० भित्रै सकिन्छ

1116
0
Share:

काठमाण्डौं । मंसीर १५ गतेदेखि नेपालमा हुने १३ औं सागका खेलहरू काठमाण्डौ सहित पोखरा र जनकपुरमा हुनेछन् । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरामा आवश्यक सम्पूर्ण पूर्वाधार मंसिर १० गते भित्र तयार हुने दाबी गरेका छन्।

मंगलबार गोदावरीमा आयोजित १३औं साग सम्बन्धी मिडिया वर्कसपमा मेयर जिसीले सागलाई भव्य र व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताएका हुन्।

‘पोखरामा हुने सागका कुनै पनि खेल पूर्वाधारका कारण प्रभावित हुँदैनन्,’ मेयर जिसीले भने, ‘पूर्वाधारहरू कत्तिको टिकाउ बनेको छ त्यो पछि थाहा होला, तर खेल्नै नमिल्ने भन्ने छैन।’

१३औं साग अन्तर्गत पोखरामा महिला फुटबल, ट्राइथोलन, ह्यान्डबल, ब्याडमिन्टन, महिला भलिबल, बिच भलिबल, भारत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र महिला क्रिकेट हुनेछ। प्याराग्लाइडिङमा नेपाल मात्र खेल्ने टुंगो लागेको छ । तरपनि प्रयास जारी राखेको छ ।

राज्यले खेललाई विशेष ध्यान दिनुपर्नेमा मेयर जिसीले जोड दिए। त्यसमा पनि पोखरा पर्यटकीय क्षेत्र भएकाले खेलकुदको माध्यमबाट पर्यटनको प्रवद्र्धनका लागि पोखरा महानगरपालिका लागि परेको उनले बताएका हुन्।

कमेन्ट गर्नुहोस्
Share: