खेलकुद मन्त्रीको गुनासोः सागको तयारीका लागि रातभर मजदुरसँगै छु । राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भनिदिनुस्

1207
0
Share:

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले राष्ट्रिय गौरवको १३औं दक्षिण एसियाली खेलकुद (साग) भव्य र सफलतापूवर्क सम्पन्न गर्न सबैले सकरात्मक रूपमा काम गर्न आग्रह गरेका छन्।

मंगलबार गोदावरीमा आयोजित सागसम्बन्धी मिडिया वर्कसपमा मन्त्री विश्वकर्माले ’साग हुन्छ र ?’ भन्ने अवस्था समाप्त भइसकेको बताए। उनले प्रतियोगितालाई कसरी भव्य र व्यवस्थित गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन्।

‘सीमित श्रोत साधनको बीचमा विभिन्न अवरोधका बावजुद नेपाली खेलकुदलाई यो बिन्दुमा पुर्‍याउने सम्बन्धित सबैको योगदान उल्लेख्य छ,’ मन्त्री विश्वकर्माले भने, ‘व्यवस्थापकीय र पूर्वाधार १० दिन भित्र पूर्ण रूपमा तयार हुन्छ।’

मन्त्री विश्ककर्मा सागको उद्घाटनस्थल दशरथ रंगशालामै बसेर पुनर्निर्माणको कार्यमा खटिरहेका छन्। तरपनि नराम्रो कुरा मात्र हाइलाइट भईरहेको उनको गुनासो छ । मजदुरको हर्ट अट्याक भएर दुःखद निधन भएकोमा समेत आफ्नो नाम जोडिने, घटना र विचार पत्रिकामा सधैं नेगेटिभ रूपमा लेख्ने, पोखरामा संयोजक हुन नपाएको झोँकमा नकारात्मक प्रचार गर्ने भन्दै नामै किटेर असन्तुष्टि जनाए ।

नेपाली समाज नै खेलमैत्री नरहेको अवस्थामा सरकाले पनि खेलकुदलाई त्यसै रूपमा हेरिरहेको उनले बताए। नेपाली खेलकुदमा अपेक्षाकृत लगानी सरकारी स्तरबाट नभए पनि अग्रजले गरेको योगदानले हामीलाई गर्व गर्ने मौका दिएको उनले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: