देशलाई कमजोर बनाउने तत्व सक्रिय- गृहमन्त्री थापा

392
0
Share:

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले देशलाई कमजोर बनाउने तत्व अझै सक्रिय रहेको बताएका छन् । उनले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने बताएका ।

राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतका लागि काठमाडौँमा आयोजित ‘अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम’को बुधबार समापनका क्रममा उनले विश्वसनीय सूचना प्रणालीले मात्रै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिनेमा जोड दिए ।

देशको शान्ति सुरक्षा र अमन चयनलाई आन्तरिक वा वाह्यरुपमा मजबुद बनाउन सबै सुरक्षा निकायबीच संयुक्तरुपमा कार्य सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले संगठित अपराध, लागूऔषध, मानव वेचबिखन र साइबर क्राइमजस्ता गतिविधिमार्फत देशलाई कमजोर बनाउने तत्व अझै सक्रिय रहेको बताए ।

गृह मन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्य योजना २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारी कार्यान्वयनका लागि पनि यस्ता प्रशिक्षण जरुरी रहने उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
Share: