प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता

409
0
Share:

काठमाण्डौ।  नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्।

बुधबार होटल मेरियटमा राष्ट्रपति हमिदसँग प्रधानमन्त्री ओलीले शिष्टाचार भेटवार्ता गरेका हुन्। राष्ट्रपति हमिदसँग भेट गर्दै प्रधानमन्त्री ओलीले द्विपक्षीय हितका बारेमा कुराकानी गरेका हुन्।

भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेना, मन्त्रीगण लगायत बंगलादेशका प्रतिनिधीहरु सहभागी छन्। हमिद भोली पोखरा आउंदै छन् । मंगलबार नेपाल आएका हमिद शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्
Share: