समाजवादीको परिषद् बैठक आजबाट सुरु

195
0
Share:

काठमाडौं । समाजवादी पार्टी नेपालको प्रथम संघीय परिषद् बैठक आज (बिहीवार) काठमाडौंमा शुरू हुँदैछ ।  ३० कात्तिकसम्म चल्ने बैठकले पार्टीको भावी कार्ययोजनासमेत तय गर्नुका साथै राजपासँगको एकताको विषयमा पनि ठोस धारणा बनाउने नेताहरुले बताएका छन्।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएपछि पहिलोपटक समाजवादीको परिषद् बैठक बस्न लागेको हो। बैठकमा सहभागी हुन मुलुकभरका करिब एक हजार प्रतिनिधि राजधानी आइपुगेका छन्।

प्रज्ञा प्रतिष्ठानमा शुरू हुने परिषद् बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

परिषद् बैठकमा सरकारबाट बाहिरिनेबारे समेत छलफल हुने अर्का एक नेताले जानकारी दिए । राजपासँगको एकताबारे बैठकमा छलफल हुनेछ ।

सरकारमा सहभागी हुने समयमा गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारबाट बाहिरिन समाजवादी पार्टीमा नेतृत्वलाई दबाब परेको छ ।

कमेन्ट गर्नुहोस्
Share: