
पोखरा। नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुगेका छन् । उनी बिहिबार केहीबेर अघि मात्र नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा आइपुगेका हुन ।
उनलाई पोखरामा प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवं अर्थमन्त्री किरण गुरुङसहित उच्च पदस्थ अधिकारीले स्वागत गरेका छन्। उनी केहीबेरमा फेवाताल पुग्नेछन् । त्यहाँ उनले डुङ्गा शयर गर्ने कार्यक्रम छ । एकघण्टा त्यहाँ बिताए पछि लञ्चका लागि फिस्टेल लज पुग्नेछन् ।
लञ्च पछि राष्ट्रपति हमिद हेलिकप्टरमा नै रुपाकोट रिसोर्ट जाने कार्यसूची छ । राष्ट्रपति हमिद आज अपरान्ह ४ बजे नै काठमाडौं फर्किने छन् । उनको पोखरा भ्रमणको बेला हुने सबै खर्च प्रदेश सरकारले बेहोर्ने छ।
कमेन्ट गर्नुहोस्
