नेकपा सचिवालय बैठक बस्दै

380
0
Share:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।  बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपनिर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले जिम्मेवारी नपाएका नेताहरूको व्यवस्थापन गर्न चाहेको बताइएको छ ।उनले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारी गरेको बताइएको छ । दाहाललाई कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व दिने प्रधानमन्त्री ओलीको तयारी रहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिव डेढघण्टा छलफल गरेका थिए । त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: