
पोखरा। लायन्स क्लब अफ पोखरा सेन्टेनियलले घान्द्रुकमा एकदिने आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लबले बिहिबार घान्द्रुकको श्री मेश्रम बाराहा विद्यालयमा २५० जना भन्दा बढीको आँखा परीक्षण गरेको हो । लायन्स क्लब अफ पोखरा सेन्टेनियलले चाइना काउन्सील अफ लायन्स क्लब सिचुवान रिप्रिजेन्टीभ्स अफिससँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
एक दिने परिक्षणमा २५० बढीको आँखा परिक्षण गरिएको लायन्स क्लब अफ पोखरा सेन्टेनियलका अध्यक्ष विजय शंकर पालिखेले जानकारी दिए । २५० मध्य आँखाका गम्भिर समस्या भएका १० जनालाई पोखरा ल्याइएको छ ।
उनीहरुको शुक्रबार हिमालयन आँखा अस्पताल पोखरामा शल्यक्रिया गरिएको अध्यक्ष पालिखेले बताए । शल्यक्रियाको खर्च समेत क्लबकै रहने छ । उनीहरुलाई पोखरामा खाना, बस्नको सुविधा समेत लायन्स क्लब अफ पोखरा सेन्टेनियलले मिलाएको थियो ।
लायन्स क्लब अफ पोखरा सेन्टेनियलले पोखरामा सामाजिक कार्य गर्दै आइहेको छ । क्लबका अध्यक्ष पालिखेले आगामी दिनमा समेत यस्तै कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
