रौतहट बम विस्फोट प्रकरणः ल्याइयो आलमलाई नख्खु कारागार

350
0
Share:

काठमाडौं । रौतहटको राजपुर बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोहम्मद आफ्ताब आलमलाई नख्खु कारागार ल्याइएको छ । जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि केही घण्टा जिल्ला कारागार रौतहटमा राखे पनि सुरक्षाका कारण आलमलाई शनिबार बिहान ४ बजे ललितपुरको नख्खु कारागार ल्याइर्पुयाइएको हो ।

आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता खडिन्द्र कटुवालले सुरक्षाको माग गर्दै सरुवा गरिदिन माग गरेका थिए ।

२०६४ साल चैत २७ गते भएको राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।

रौतहट २ बाट निर्वा्चित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । यसअघि सरकारी वकिल कार्यालयले आलमविरुद्ध ८०० पृष्ठको अभियोग पत्र दर्ता गरेको थियो ।

जसमा आलमले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको उल्लेख थियो । त्यसकै आधारमा आलमलाई शुक्रबार पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: