टि–१० लिगमा पारसको डेब्यु, आबुधाबीले कलन्दर्ससँग अंक बाड्यो

402
0
Share:

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा सुरु तेस्रो संस्करणको टि–१० लिगमा अन्तर्गत नेपाली क्रिकेटर पारस खड्काको टिम आबुधाबीले आफ्नो पहिलो खेलमा कलन्दर्ससँग अंक बाडेको छ ।

शुक्रबार राति भएको खेमला अबुधाबीले कलन्दर्ससँग एक–एक अंक बाडेको हो । शेख जायद स्टेडियममा आबुधाबीले दिएको १०४ रनको लक्ष्य पछाएको कलन्दर्सले निर्धारित १० ओभरमा तीन विकेट गुमाउँदै १०३ रन बनायो ।

कलन्दर्सका लागि टोम बन्टोन १६, डेविड मलान ३३, ल्यूक रोन्ची २३ रनको योगदान गरे ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आबुदाबीले निर्धारित १० ओभरमा विकेट गुमाउँदै रन बनाएको थियो । आबुधाबीका लागि लुके राइडले २० रन निरोशन डिकोएला १७, कोरे एडरर्शन ४३, लेविस ग्रेगोरी ११ रन बनाए । नेपालका पारस खड्काले ३ रनको योगदान गरे ।

बलिङतर्फ कलन्दर्सका लागि लाहिरु कुमारले दुई विकेट लिँदा, जर्ज गार्टन जोर्डन, प्रश्न, क्लार्कले समान एक–एक विकेट लिए । यस खेलमा पारसले टि–१० लिगमा डेब्यु गरेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: