सचिनको टिम विरुद्ध विनोदको टिम पराजित

389
0
Share:

पोखरा। भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम विजयी भएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको १० ओभरको मैत्रीपूर्ण खेलमा सचिनको टिम ब्लुले विनोदको रेडलाई ६ विकेटको हराएको हो ।

विनोदको टिमले दिएको ४५ रनको लक्ष्य सचिनको टिमले ८ ओभरमा पूरा गर्यो । सचिनले ७ रन बनाएका थिए । क्रिकेटको भगवानको रुपमा चिनिने सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: