
पोखरा। आज देशको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज आइतबार पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख रहेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान:
मंसिर १ गते (आइतबार)
दिउँसो: देशका पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, मध्य पहाडी भु-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ।
राति: देशका पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
मंसिर २ गते (सोमबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
मंसिर ३ गते (मंगलबार)
दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
