
काठमाडौं – क्रिकेटका भगवानको उपमा पाएका भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । युनिसेफको ३० औं बार्सिकोत्सबको अवसरमा नेपाल आएका सचिनले आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।
सचिनसँगै नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि पशुपतिनाथ मन्दिर पुगेका थिए ।
सचिन शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेका थिए भने बेलुका काभ्रे समेत पुगेका थिए । त्यहाँ रहँदा सचिनले स्थानीय बालबालिकासँग ढाका टोपी लगाएका थिए ।
कमेन्ट गर्नुहोस्
