जेलरविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा दायर

266
0
Share:

पोखरा। कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले थापासहित उनकी श्रीमती गोमाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले थापाविरुद्ध १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो असुल उपर गरी बिगोअनुसार जरिवाना र सम्पत्ति जफतसहित २ वर्ष कैद सजायको मागदाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: