मन्त्री भट्टराईले गरे पहिलो पटक निजगढ विमानस्थलको अनुगमन

243
0
Share:

बारा : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिलोपटक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। मन्त्री भट्टराईले विमानस्थल प्रभावित टांगियाबस्तीको स्थान्तरणको लागि प्रस्तावित ठाउँको निरीक्षण गर्ने र सरोकारवालासँग अन्तरक्रिया गर्न सुरु गरेका हुन्।

मन्त्री भट्टराईले निजगढ विमानस्थल बन्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन्। उनले स्थलगत निरीक्षणपछि प्रतिवेदन तयार गरेर मन्त्रीपरिषद्ले निर्णय गर्ने बताए।

टोलीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख प्रदीप अधिकारीलगायत सहभागी छन्।

कमेन्ट गर्नुहोस्
Share: