देउसी खेलेर उठेको पैसा मृगौला पीडितलाई सहयोग

Share:

पोखरा । मृगौला रोगबाट ग्रसित पोखरा-१४ चाउथे प्रगति टोलकी शान्तकाशी गुरुङलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

स्थानीय प्रगतिशील युवा क्लब र प्रगतिशील आमा समुहले गुरुङलाई क्रमश १५ हजार ५ सय ५५ र ५ हजार रुपैया सहयोग गरेको हो ।

प्रगतिशील युवा क्लबका अध्यक्ष अजय क्षेत्रीले तिहारमा क्लब देउसी र भैलो खेलेर उठाएको रकममध्ये केही रकम पीडितलाई हस्तान्तरण गरिएको बताए । आर्थिक अवास्था कमजोर रहेको गुरुङ २ बर्षदेखि यो रोगबाट ग्रसित छन ।

उनको दुवै मृगौलाल काम गर्न छाडेको र डाइलासिस गर्नुपर्ने अवास्थामा पुगिसकेको श्रीमान शेर बहादुर गुरुङले बताए । उनका अनुसार आर्थिक अवास्था अभाव हुदा श्रीमतीलाई थप उपचारका लागि काठमाडौ लैजान सकिएको छैन ।

शेर बहादुर पोखराको निर्माणधीन अन्तराष्ट्रिय विमानास्थलमा मजदुरको रुपमा काम गर्छन ।

कमेन्ट गर्नुहोस्
Share: