न्युजिल्याण्डमा रहेका नेपालीद्वारा भारतले गरेको भुमि अतिक्रमणको बिरोध

434
0
Share:

वेलिङ्टन।न्युजिल्याण्डमा रहेका नेपाली संघ-संस्थाहरुले भारतले गरेको भुमि अतिक्रमणको बिरोध गरेका छन्। बिरोध स्वरुप उनीहरुले वेलिङ्टनमा रहेको भारतीय हाई कमिसनसमक्ष संयुक्त ज्ञापन पत्र पेश गरेका छन्। नेपालीहरुकाे बिराेध भारतीय सरकारसम्म पुर्याउन अनुरोध गर्दै संयुक्त ज्ञापन पत्र पेश गरेका हुन्।

सुगाैली सन्धि १८१६ काे मर्म अनुसार काली नदी नेपालकाे सिमाना स्पष्ट हुँदा-हुँदै पनि २ नाेभेम्बर २०१९मा भारतद्वारा जारी नक्सामा समाविष्ट गरिएकाेप्रति न्युजिल्याण्डका नेपाली समुदायले गम्भीर आपत्ति प्रकट गरेका छन्।

उक्त संयुक्त ज्ञापन पत्रमा भारत र नेपालका जनताबीच सामाजिक एवं सांस्कृतिक तवरमा अद्वैत सम्बन्ध रहिआए पनि भारत सरकारकाे पछिल्लाे घटनाले दुई देशकाे मित्रतामा भारत असंवेदनशील रहेकाे अनुभूति भएकाे जनाइएकाे छ ।

उदाउँदाे शक्ति राष्ट्र र विश्वकै ठूलाे प्रजातान्त्रिक मूलुक भारतले छिमेकी मित्रराष्ट्र नेपालसङ्ग सीमा जस्ताे विषयमा विवाद सिर्जना गर्नु भारत स्वयंलाई पनि हितकर नहुने जिकिर गरिएकाे छ । संयुक्त ज्ञापन पत्र बुझ्ने क्रममा भारतीय कमिसनरले नेपालीहरुकाे याे विषय भारतीय सरकारलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे।

गैर-आवासीय नेपाली संघ, न्युजिल्यण्डका अध्यक्ष लाल केसीले अरु अभियानमा नेपाली संघ-संस्थासँग मिलेर अघि बढ्न प्रयत्नरत रहेको बताएका थिए।

कार्यक्रममा बाेल्दै नेप्लिज साेसाईटी अफ वेलिङ्टनका अध्यक्ष डा. रमिल अधिकारीले नेपालीकाे साझा विषयमा सबै जना एक भएर लाग्नु पर्नेे बताए। उनले नेपालीकाे हितमा एकाकार हुन ईच्छुक सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: