
पोखरा । अघिपछि सुनसान हुने पोखराका सुकुम्बासी बस्ती चुनावमा गुल्जार हुन्छन् । भोट माग्न पुग्ने दलको बेस्सरी नारा घन्किन्छ । अघिपछि नझुल्कने उम्मेदवार पनि चुनावमा हात जोर्दै झुपडी पुग्छन् । रातो पुर्जाको आश्वासन बाँड्छन् । प्रलोभनमा पार्ने भरमग्दुर प्रयास गर्छन् । पोखरा ९ का सुकुम्बासी भने आफूहरुलाई कुनै प्रलोभनले नलोभ्याउने बताउँछन् ।
यो वडामा ठूल्ठूला सुकुम्बासी बस्ती छन् । तुलसीघाँट, शान्तिवन, पृथ्वीचोक वरपरका सहाराटोल, शिवटोल, शुभकामना टोल, पार्वती टोल, गणतान्त्रिक टोल, कृष्ण टोल यहीं वडामा पर्छन् । क्षेत्र नम्बर २ को उपनिर्वाचनमा यी बस्तीबाट झण्डै २ हजार मतदाताले भोट हाल्दै छन् । गएको चुनावमा उनीहरुले तीनपल्ट रवीन्द्र अधिकारीलाई जिताएर प्रतिनिधिसभा पठाए । यसपल्ट पनि आफ्नो मन र मत नबदल्ने उनीहरु बताउँछन् ।
शुभकामना टोलका आशबहादुर विक अघिल्लोपल्ट जस्तै यसपल्टको चुनाव सुकुम्बासीका मतदातालाई कुनै प्रलोभनले नलोभ्याउने दाबी गर्छन् । ‘बाहिर हल्ला चलेजस्तो सुकुम्बासीहरु पैसामा विक्दैनन,’ उनी भन्छन्, ‘कसलाई जिताउने भन्ने हाम्रो मनमै छ ।’
गणतान्त्रिक टोलकी यमुना गुरुङको नेकपा नै सुकुम्बासीलाई बुझ्ने एकमात्र पार्टी भएको उनको ठम्याइ छ । ‘हाम्रो मनमा विद्या बसिसकेकी छन्,’ उनले भनिन् ।
२०७४ मा भएको चुनावमा आर्थिक चलखेल हुन नदिन बसपार्क छेवैको पार्वती टोलमा स्थानीयले गस्ती नै गरे । तत्कालीन कांग्रेसका उम्मेदवारले सुकुम्बासी बस्तीमा पैसा बाँड्न लागेको सुइको पाएपछि उनीहरुले गस्ती गरेका थिए । शिव टोलका कृष्ण पाण्डे यसपल्ट पनि कुनै चलखेल हुन नदिने बताउँछन् । ‘अहिले पैसा बाँड्नेले भोलि चुनाव जितेर गएपछि त्यहीं पैसा उठाउनतिर लाग्छन्,’ उनी भन्छन्, ‘रवीन्द्रको इमान्दारिता विद्या भट्टराईमा पनि झल्किन्छ ।’
सहाराटोलकी कमला विक सुकुम्बासीको एकमात्र आशा नेकपा नै भएको सुनाइन् । उनले मुलुकमा स्थायीसरकारमार्फत समृद्धि हासिल गर्न नेकपाको विकल्प नभएको उल्लेख गरिन् । पोखरा बसपार्कको छेउछाउमा ०३६ सालदेखि सुकुम्बासी बस्न थालेका हुन् ।
बसपार्क वरपरका शिव टोल, पार्वती टोल, कृष्ण टोल, गणतान्त्रिक टोल र शुभकामना टोलमा ७ सय घर सुकुम्बासी छन् । यो टोलमा मात्रै करिब १ हजार ५ सय मतदाता छन् । बसपार्क विस्तारका लागि त्यहाँका सुकुम्बासीलाई हटाउने प्रसंग बारम्बार चलिरहन्छ ।
प्रत्येक चुनावमा टोलबासीले उम्मेदवारसँग लालपुर्जाकै मुद्दा उठाउँछन् । तर उनीहरुको माग भने हालसम्म सम्बोधन हुन सकेको छैन । ‘हाम्रो मुख्य माग नै लालपूर्जा हो,’ शान्तिवनका आइतमान गुरुङ भन्छन्, ‘यो माग नेकपाबाहेक अरुले पूरा गर्छन् जस्तो लाग्दैन ।’
बसपार्क विस्तारका लागि पोखरा उपत्यका नगर विकास समितिले २ सय ५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ । हाल ८२ रोपनी क्षेत्रमा मात्र बसपार्क छ । ९ नम्बर वडामा नेकपाको चुनावी मोर्चा सम्हालेकी गण्डकी प्रदेश सांसद प्रभा कोइराला सुकुम्बासी व्यवस्थित गर्ने नेतृत्व आफ्नो पार्टीले गर्ने बताउँछिन् । ‘मुलुकमा कोही पनि भूमिहिन हुनुहुँदैन भन्नेमा हामी स्पस्ट छौं,’ उनी भन्छिन् । बसपार्क पनि बनाउने र सुकुम्बासीलाई पनि व्यवस्थित गर्ने योजना नेकपाको रहेको उनले जनाइन् ।
बिर्सन सक्दैन दम्सादीले रविन्द्र
गाउँ पुग्ने अन्य नेताहरु याद छैन उनलाइ । नाम पनि जान्दिनन् । उमेरले आठ दशक नजिकिएकी लिलामाया भण्डारीले जानेको एउटै नाम हो, रविन्द्र अधिकारी ।
बिरौटा र दम्सादी जोड्ने पुल देख्दा उनि रविन्द्र सम्झन्छिन् । गाउँमा हुने विविध कार्यक्रममा अन्य नेता कार्यकर्ता हिँडेको देख्दा उनलाइ रविन्द्रको झ झल्कोले सताउँछ । चुनावी कार्यक्रममा विद्या भट्टराइको सम्बोधन सुनिरहँदा रविन्द्रको बेस्कन याद आएछ क्यारे, लिलामाया भक्कानिइन् ।
हीने हातले पुल देखाउँदै उनले सुनाइन्‘यो पुल रविन्द्रले हाल्देका हुन् । यति रुन मन लाउँच क्यार्नी, बाबु ।बिचरा ⁄त्यस्तो भयो ।’
आँखाका डिलसम्म आइपुगेका आशुलाई सेतो पछ्यौरीले पुछ्दै लिलामाया भन्दै थिइन् ‘‘यो पुल नहुँदा एक घण्टा लाउँथ्यो यहाँ आइपुग्न। २ वर्ष भन्दा बढी भयो । अहिले सुविस्ता भ’छ ।’
चुनावको बेला मात्र उहाँसँग भेट हुन्थ्यो कि अरु बेला पनि ?हामीले जिज्ञासा राख्यौँ । भक्कानिएको आवाज अडाउँदै भनिन् ‘यता आइरहन्थे । आमा, सञ्चै हुनुहुन्छ भन्दै आउँथे । यहि बाटो हिँड्थे । आफ्नै छोरो जस्तै लाग्थ्यो ।’
शुक्रबार पोखरा २१ दम्सादीमा उपनिर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा बृद्धबृद्धाले उम्मेदवार विद्या भट्टराइलाई सफलताको आर्शिवाद दिए ।
मंसीर १४मा हुने उप निर्वाचनका लागि विद्या कास्की क्षेत्र नं २को उम्मेदवार हुन् । यो यहि क्षेत्र हो, जहाँका जनताले रविन्द्रलाई ३ पटकसम्म हेभि वेट उम्मेदवारको ट्याग दिलायो र हेभि मतान्तरका साथ विजयी पनि गरायो ।
नेकपा कास्कीले आज बिहान दम्सादी, अम्बोट, फेदिपाटन, खरच्याङ्ग, रघौचौरमा कार्यक्रम सम्पन्न गरिसकेको छ भने दुवार, ठुलि स्वारा, मैदान, चापको चौर, गिरी गाउँ हुँदै थाप्लेमा आयोजना गर्ने जनाइएको छ ।
उपनिर्वाचनमा २१ जना उमेदवारहरु प्रतिस्पर्धामा छन् । दलहरुले विभिन्न क्षेत्रमा सेडुअल सहित कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।
११ वटै वडामा नेकपा समर्थित महिलाहरुको बृहत ¥याली तथा कोणसभा पोखरा ६ मंसिर
नेपाल कम्यूनिष्ट पार्टी नेकपाको चुनावी कार्यक्रम अन्र्तगत महिला परिचालन कमिटिको समन्वयमा शुक्रबार ११ वटै वडामा महिलाहरुले ¥याली निकालेका छन् ।
जस अन्र्तगत वडा नं २० को भलामस्थित निर्वाचन परिचालन कार्यालयबाट सुरु भएको ¥याली ¥यालेचौर, एक्लेखेत, विमिरे, शिवालय हुँदै पुनः कार्यालयमै आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महिला नेतृ मनबुजा विश्वकर्माले महिला अधिकार र सहभागिताका लागि नेकपाका सूर्य ध्वजाबहाक उम्मेद्वार विद्या भट्टराईलाई जिताउनुको विकल्प नभएको बताईन । कार्यक्रममा नेकपा वडा कमिटि २० का अध्यक्ष भीमप्रसाद बास्तोला, महिला समन्वय उपसमितिका संयोजक लक्ष्मी सुवेदी, प्रचार प्रसार उपसमिति २० का संयोजक शुसिल बस्नेत लगायतले सूर्य चिन्हमा मतदान गर्न अपील गरेका थिए ।
त्यस्तै वडा नं १५ मा पनि चुनावी घरदैलो, कोणसभा, मतदाता शिक्षा, लगायतका कार्यक्रम जारी छन् । कार्यक्रम अन्र्तगत शुक्रबार निर्वाचन परिचालन कमिटिको सक्रियतामा महिलाहरुले ¥याली निकाले । ¥यालीले स्यानीपाटन, ठूलीमजुवा, फूलबारी होटल २ नंबर गेट लगायतका स्थान परिक्रमा गरेको वडाका चुनावी कमाण्डर बखान सिंह तमुले जानकारी दिए । ¥यालीमा सहभागिहरुले नेकपा उम्मेद्वार विद्या भट्राईका प्रतिवद्धताहरु उल्लेख गरिएका पर्चा वितरण सहित मतदाताहरुसमक्ष सूर्य चिन्हमा छाप लगाउन अपील गरेका थिए । ¥याली पछि आयोजित कोणसभामा गण्डकी प्रदेशका नेकपा सांसद गायत्री गुरुङ, नेकपा प्रदेश कमिटि सदय तेजकुमारी पौडेल, पोखरा १५ का वडा सदस्य पार्वती कार्की लगायत महिला नेतृहरुले नेकपा महिलाहरुको हक अधिकार रक्षाका लागि नेकपा उम्मेद्वार विद्या भट्टराईलाई विजयी गराउनुको विकल्प नरहेको बताए ।
यता पोखरा ११ मा पनि शुक्रबार चुनावी अभियान जारी छ । उक्त वडामा पनि महिलाहरुको बृहद ¥याली सहित कोणसभा सम्पन्न भएको छ । स्थानीय समता मार्ग बाट सुरु भएको ¥याली मणिपाल, हुँदै टेलिकम चोक सम्म पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेकपा केन्द्रय सदस्य पि एल श्रेष्ठ, गण्डकी प्रदेशका नेकपा सांसद मिना गुरुङ, चुनावी कमाण्डर चुडामणी जंगली लगायतका वक्ताहरुले भोट अपील गरेका थिए ।
चुनावी कार्यक्रम अन्र्तगत नै वडा नं ४ मा पनि शुक्रबार महिलाहरुले बृहत ¥याली निकाले । वडा नं ४ का महिला परिचालन कमिटि ईन्चार्ज ईन्द्रा अधिकारीको संयोजकत्वमा निकालिएको उक्त ¥यालीले गणेशटोल, नालाकोमुख, २६ कुरिया, फिर्केपुल, हुँदै भयँरथान, शिद्धार्थचोक, रामकृष्णटोल, गैह«ापाटनमा आए कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेकपा सांसद मित्रकुमारी गुरुङ, वडा नं २४ का वडा सदस्य सन्तु सुवेदी, उक्त वडाका चुनावी कमाण्डर दामोदर बैरागी, नेता मदनकाजी श्रेष्ठ लगायतले सूर्य चिन्हमा मतदान गरी उम्मेदवार विद्या भट्टराई अधिकारीलाई विजयी गराउन अपील गरे ।
त्यस्तै वडा नं १७ मा पनि विरौटाचोकबाट सुरु भएको ¥याली ड्यामसाईड, राष्ट्रबैँकचोक, मुस्ताङचोक, विरौटा, हुँदै छोरेपाटन पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष अमृता थापा, नेकपा कास्कीका अध्यक्ष एवं वडा नं १७ का चुनावी कमाण्डर कृष्ण थापा अनेमसंघका सम्झना तिमिल्सना लगायतले सम्बोधन गरे । उनीहरुले नेकपाको जीत नै जनताको जीत भएकाले सम्पूर्ण महिला शक्ति एकजुट हुनुको विकल्प नभएको धारणा राखेका थिए ।
यसैगरी वडा नं ७, ८, ९, १६,२१, र ३३ मा पनि स्थानीय महिलाहरुको सक्रियतामा ¥याली तथा कोणसभाहरु भएका छन् ।
