
काठमाडौँ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा साविक विजेता नेपाल र उपविजेता भारत बेग्ला बेग्लै समूहमा परेका छन्।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो चरणमा बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्ने छ। समूह ‘बी’मा रहेको भारतले श्रीलंका र मालदिभ्ससँग खेल्ने छ।
नेपालले गत संस्करणको फाइनलमा भारतलाई हराउँदै सागमा २३ वर्षपछि स्वर्ण पदक जितेको थियो। नेपालले हालसम्म साग फुटबलमा तीनपटक स्वर्ण पदक जितेको छ।
कमेन्ट गर्नुहोस्
