पोखरामा १३ औँ सागमा सात राष्ट्रका सात सय २२ खेलाडी सहभागी हुने

Share:

पोखरा । नेपालमा यहि मंसीर १५ गते देखि २४ सम्म आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पोखरामा हुनेआठ खेलका लागि सात सय २२ जना पुरुष तथा महिला खेलाडीको सहभागीता हुने भएको छ ।

पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच भलिबल, ट्राइयाथोलन, व्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रति स्पर्धाका लागि पुरुषभन्दा महिला खेलाडीको संख्याबढि रहेको छ । आठ खेलको लागि४ सय १ महिला खेलाडीको सहभागीता रहेको छ भने ३ सय २१ जना पुरुष खेलाडीको सहभागीता रहेको १३ औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए ।

पोखरामा हुने खेलको लागि आयोजक नेपालले ८ खेलमा पुरुष ५२, महिला १०२ र अफिसियल २६ जनारहेका छन् ।  भारतबाट ५ खेलको लागि १ सय७२ जना खेलाडि तथा अफिसियलको सहभागीता रहेको छ जसमा ४१ जना पुरुष, ६१ जना महिला खेलाडि तथा २५ जना अफसियल रहेका छन् । भारतले आर्चरी र महिला क्रिकेटमा भने सहभागीता जनाएको छैन ।

माल्दिभसबाट ५ खेलमा १ सय ३६ खेलाडि तथा अफियलको सहभागीता रहेको छ जसमा पुरुष ४१, महिला ६१ र ३४ अफिसियलको सहभागीता रहेको छ । माल्दिभसले आर्चरी, भारोत्तोलन र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।

बंगलादेशबाट ६ खेलको लागि खेलाडि तथा अफिसियलगरि १ सय ५० जनाको सहभागीता रहेको छ जसमापुरुष ५९ जना, महिला ५५ र ३६ जना अफिसियल रहेकाछन । बंगलादेशले महिला फुटबल र ट्राइयाथोलनमा सहभागीता जनाएको छनै ।

पाकिस्तानबाट ५ खेलमा ९४ जना खेलाडी तथा अफिसियलेको सहभागीता रहेको छ । जसमा पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जनाको सहभागीता रहेको छ । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।

श्रीलंकाले आठ खेलमा १ सय७५ जना खेलाडी तथा अफिसियलको सहभागीता रहेको छ । जसमध्ये पुरुष खेलाडी ६१, महिला खेलाडि ८१ र अफिसियल ३३ जनाको सहभागीता रहेको छ ।

भने भुटानबाट चार खेलको लागि खेलाडि तथा अफिसियल गरी ४२ जनाको सहभागीता रहेको छ । जसमध्ये पुरुष २९, महिला ६ तथा अफिसियल ७ जना रहेको छ । प्रतियोगितामा सबैभन्दा कम सहभागीता भुटानको रहेको छ । भुटानले ह्याण्डबल,महिला फुटबल, विच भलिबल र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।

पोखरामा ९ खेल हुने भनिए पनि प्याराग्लाइडिङ भने नहुने भएको हो । प्याराग्लाइडिङबाट नेपालले स्वर्णपदकको आश गरेको थियो । नेपालले स्वर्णको आश गरेको खेल साग गेम बाट हटाइएको छ । साग गेममा २७ खेल हुने भनिए पनि २६ खेल मात्र हुने भएको छ । जस मध्ये पोखरामा ८ खेल मात्र हुने छ ।

कमेन्ट गर्नुहोस्
Share: