नेयमार फर्किएको खेलमा पीएसजीले लिलीलाई हरायो

Share:

काठमाडौं । चोट मुक्त हुँदै मैदान फर्किएका नेयमार सम्मिलित खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सको लिग वानमा सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिलीलाई २–० गोल अन्तरले हराएको हो ।

पीएसजीले दुवै गोल पहिलो हाफका गरेको थियो । पीएसजीलाई जिताउन माउरो इकार्डीले १७औं मिनेटमा खाता खोले । इकार्डीले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए । एन्जल डी मारियाले ३१औं मिनेटमा ड्राक्सलरको पासमा गोल गरेका थिए । दोस्रो हाफमा लिलेले गोल गर्ने अवसर बनाएपनि सफल हुन सकेन ।

पीएसजीमा नेयमारले पुनरागमन गरेपनि गोल गर्न सकेनन् । ह्यामस्ट्रिङका कारण नेयमार गत अक्टोबर देखि मैदान बाहिर थिए । नेयमारलाई दोस्रो हाफमा अर्का युवा स्टार केलियन एमबाप्पेले रिप्लेस गरेका थिए । यस जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थान थप बलियो बनाएको छ ।

पीएसजीले च्याम्पियन्स लिग फुटबलमा मंगलबार रियल मड्रिडविरुद्व समूह चरणको खेलमा प्रतिस्पर्धा गर्नेछ । पीएसजीले १४ खेलबाट ३३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । लिली १९ अंक सहित सातौ स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: