
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा शनिबार (आज) रुस जाँदै छन्। ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिउँसाे ४ बजेपछि रुस प्रस्थान गर्ने छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणकाक्रममा ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग मंसिर १० गते द्विपक्षीय प्रतिनिधिण्डल स्तरमा वार्ता गर्ने छन्। नेपालबाट परराष्ट्रमन्त्री स्तरबाट ८ वर्षपछि रुसमा भ्रमण हुन लागेको हो।
उनले रुसका राजनीतिक पार्टीका नेता र गैरआवासीय नेपालीहरुका प्रतिनिधिसँग पनि भेटघाट गर्ने छन्। त्यस्तै मन्त्री ज्ञवाली मंसिर ११ गते सर्वियाको बेलग्रेड पुग्ने छन्।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सविच शंकरदास बैरागी, रुस र सर्वियाका लागि नेपाली राजदूत र अन्य सरकारी अधिकारी रहने छन्। मन्त्री ज्ञवाली मंसिर १४ गते स्वदेश फर्किने छन्।
File Photo
