पूरानाे तस्बिर भाइरल बनाएर मेरै प्रचार गरिदिनुभएकाेमा धन्यवाद: रजनी केसी, साझा पार्टी (भिडियाेसहित)

Share:

पोखरा । कास्की २ मा हुने उपनिर्वाचनका लागि २१ उम्मेदवार मध्ये एक हुन्, रजनी केसी । राज्यका हरेक अङ्गहरुमा चरम भ्रष्टाचार रहेको उनी बताउँछिन् ।

शनिबार बिहान बिग एफ एमसँगको कुराकानीमा उनले साझामा निष्ठावान, क्षमतावान मानिसका लागि निकै राम्रो अवसर रहेको बताइन् । उनले आफूमा भएको युवा जोशको उच्चतम सदुपयोग गर्न साझा पार्टी प्रवेश गरेको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘एक सिट बढी हुँदैमा सत्तारुढ पार्टी मजबुत हुने र प्रतिपक्षी पार्टीले एक सिट जित्दैमा सरकार नै ढलाउने पनि होइन । तर, हामीलाई यस एक सिटले निकै महत्व राख्छ । हामी यस एक सिटलाई सारा नेपाली जनताको आवाजका रुपमा लिन्छौँ ।’

अहिले सामाजिक संजालमा आफू पहिले आवद्ध दलमा हुँदाका तस्बिर राखिएको बारे पनि उनले प्रतिक्रिया दिएकी छन् ।

प्रस्तुत छ उम्मेदवार केसीसँग गरिएको कुराकानी::

कमेन्ट गर्नुहोस्
Share: