
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन प्रतिवद्ध रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित ‘अन्तर्राष्ट्रिय बैद्ध एकता सम्मेलन’लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्नपनि शान्ति आवश्यक रहेको बताए ।
गृहमन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्वहरु देखिएपनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको समेत बताए । उनले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
