लागुऔषधसहित दुई पक्राउ

485
0
Share:

पोखरा : प्रतिबन्धित लागुऔषधसहित शनिबार राति दुई युवक पक्राउ परेका छन्।

प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनियाका २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज यादवलाई पक्राउ गरेको हो ।

भारतीय बजारतर्फबाट स १० प ६१९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई जाँच गर्दा लागुऔषध नोफिन १० एम्पुल, डाइजिल्याप १० एम्पुल, प्रोमेथाजिन १० एम्पुल बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: