
पोखरा। १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलमा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशी सहभागी हुन नपाउने भएका छन्। ‘नाइट क्लब’ प्रकरणका कारण राष्ट्रिय टिमबाट बर्खास्ठिमा परेका तीन जनाले साग पनि गुमाउने भएका हुन्।
दुई साताअघि ‘नाइट क्लब’ प्रकरणका कारण राष्ट्रिय टिमबाट बर्खास्तगीमा परेका तीन जनाले साग पनि गुमाउने भएका हुन्। एन्फाले कात्तिक २५ गते सागका लागि घोषणा गरेको यु–२३ टिममा तीन जनाले स्थान बनाएका थिए।
राष्ट्रिय टिमबाट बर्खास्तगी पारेका अर्का फुटबलर सन्तोष तामाङ भने साग खेल्ने टिममा समावेश थिएनन्।
कमेन्ट गर्नुहोस्
